२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा तीन बस्ती सिल


३ जेष्ठ २०७७, शनिबार  

0
Shares


३ जेठ ०७७, भक्तपुर । दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ ।
भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्र्षीय पुरुषको आज गरेको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर उहाँ सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।
त्यसैगरी आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्य्विनायक नगरपालिका– ६, पाण्डुबजार क्षेत्र आज सिल गरिएको छ । भक्तपुर नपा– ५ योसिंखेलस्थित पुख्र्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सूर्य्विनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।