१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आइतबार र सोमबार गोदावरी नगरमा कोरोना परीक्षण हुँदै


४ जेष्ठ २०७७, आइतबार  

0
Shares

४ जेठ ०७७,चापागाँउ । गोदावरीमा आइतबार र सोमबार दुई दिन कोरोना परीक्षण गरिने भएको छ ।
ज्ेठ ४ गते आइतबार बाँडेगाँउ स्वास्थ्य केन्द्रमा कोरोना परिक्षण हुनेछ भने सोमबार बज्रवाराहीस्थित चापागाँउ बज्रवाराही अस्पतालमा परिक्षण गरिने नगरपालिका द्वारा प्रकाशित सूचना जारी गरेको छ । कारोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर काम गरिरहनुभएका स्वास्थ्य, सञ्चार र सुरक्षकर्मी, राहत वितरण कार्यमा खटिनुभएका व्यक्ति, औषधि पसल र फोहरमैला व्यवस्थापनमा कार्यारत मानिसलगायत कोभिड–१९ प्रभावित जिल्लाबाट आएका व्यक्ति, एम्बुलेन्स चालक, वडामा आएका नयाँ व्यक्ति, तरकारी बिक्री वितरणमा संलग्न व्यक्ति तथा जनप्रतिनिधिको आरडिटी र पिसीआर दुवै माध्यमबाट परीक्षण गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ११ : ०८ बजे