१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर चेम्बरले दियो सरकारलाई सुझाव


५ जेष्ठ २०७७, सोमबार  

0
Shares


५ जेठ ०७७, ललितपुर । ललितपुर चेम्बर अफ कर्मसले कोरोनाबाट प्रभावित ललितपुरका उद्योग क्षेत्रलाई जोगाउन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टमार्फत अल्पकालीन र दिर्घकालीन सुझाव बुझएको छ ।
संघका अध्यक्ष पुष्परत्न शाक्यको प्रतिनिधि मण्डलले अल्पकालीन र दिर्घकालीन सुझाव दिएको हो । सरकारले ल्याउन लागेको नयाँ आर्थिक वर्ष ७७÷७८को बजेट मार्फत सुझावहरु कार्यान्वयनमा ल्याउन र नीति क्षेत्रसँग मिलेर सरकारले संकटसँग सामाना गर्ने विश्वास रहेको संघका अध्यक्ष शाक्यले बताउनु भयो ।
सरकारको लक डाउनका आदेश पालना गर्दै सबै उद्यमी क्वारेन्टिनमा बसेको र उद्यमीको तर्फबाट समुदायलाई सहयोग गरिरहेको उहाँको भनाई छ । संघले जारी गरेको विज्ञप्ती अनुसार पाटन अस्पतालका डाक्टरहरुलाई संघले पिपिई वितरण गरेको उल्लेख छ ।
सघंले व्याज मिनाह, पानी विजुली र इन्टरनेटमा ५० प्रतिशत छुट, आयकरमा ७ प्रतिशत छुट दिन अनुरोध गरेको छ । साथै पुर्नकर्जाको व्यवस्था गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ४७ बजे