१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दिवेश अमेरिकन आइडलको फस्ट रनर अप


५ जेष्ठ २०७७, सोमबार  

0
Shares

५ जेठ ०७७, काठमाडौं । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो ।

https://www.youtube.com/watch?v=A73ELaEsQpM

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुग्नुभएको थियो । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आउनुभएको थियो । मतमार्फत अघि बढ्ने चरणमा समेत उहाँले उत्साहप्रद मत प्राप्त गर्नुभएको थियो । उहाँको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उहाँलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गर्नुभएको छ ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट हुनुभएको थियो । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउनुहुने दिवेश छ वर्षअघि अमेरिका आउनुभएको हो । काठमाडौँमा जन्मिनुभएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गर्नुभएको थियो ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जित्नुभएको छ । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुनुहुन्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ९ : ०० बजे