४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्णाली प्रदेशमा १८ जनामा कोरोना संक्रमण


५ जेष्ठ २०७७, सोमबार  

0
Shares


५ जेठ ०७७, काठमाडौं । कोभिड –१९ को संक्रमण आज फेरि १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताउनुभयो ।
उहाँका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ । नयाँ संक्रमित सबै पुरुष छन् । उहाँका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाग हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन् ।
यसअघि आजै ६२ जनामा संक्रमण देखिएको थियो । बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंँगै आजमात्रै ८० जनामा संक्रमण देखिएको छ । आज देखिएका संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।
आज देखिएको संख्या सबभन्दा बढी हो । आज देखिएकासंँगै संक्रमितको संख्या ३७५ पुगेको छ । दुई जनाको कोभिड –१९ का कारणले मृत्यु भएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा रहनुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ११ : ५७ बजे