९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुरका चार जनाको आरडिटी परिक्षणपछि देखियो कोरोना भाइरस


७ जेष्ठ २०७७, बुधबार  

0
Shares


७ जेठ ०७७, किर्तिपुर । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) र पिसिआर दुवै विधिबाट स्वास्थ्य परीक्षण गरिएको हो ।
आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना पठाइएको नगरपालिकाले जनाएको छ । हाल उनीहरु सबैलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएको छ । यसअघि विदेश तथा अन्य स्थानबाट कीर्तिपुरमा आएर बसेका ११० जनाको आरडिटी विधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  १० : ५९ बजे