९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरका प्रदेश सासंदको पिसिआर कोरोना परीक्षण


९ जेष्ठ २०७७, शुक्रबार  

0
Shares


९ जेठ ०७७,भक्तपुर । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा वागमती प्रदेशका प्रदेशसभा सदस्यको आज पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।
भक्तपुरबाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शशीजङ्ग थापा, कृष्णलाल भडेल, सरस्वती बाटी, प्रतिमा श्रेष्ठ, रजनी जोन्छेको स्वाब सङ्कलन गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । वागमती प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न जिल्लाका प्रदेशसभा सदस्य कुसुमकुमार कार्की, इन्द्र बनियाँ, राधा घले, मणिराम फुयाल, दीपेन्द्र श्रेष्ठ, विजय केसी, निमा लामा, प्रभात तामाङ, सीता अधिकारी, पुकार महर्जन, विजया केसीलगायतको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

कोरोनाको सङ्क्रमण र जोखिम बढ्दै गएपछि प्रदेशसभा सदस्यको कोरोना परीक्षण गरिएको हो । कोरोनाको महामारीको बेलामा समेत मानवीय सेवामा समर्पित रहेको भन्दै भैरहवा निवासी ८१ वर्षीया खगिसरा घिमिरेले आरएनए १६ समूहका अरुण सैंजु र राजेश गाईजुलाई रु ५० हजारसहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

सरकारले लकडाउन गरेदेखि भक्तपुर अस्पतालमा नियमितरुपमा कोरोनाको परीक्षण एवं उपचारमा निरन्तर सघाउँदै आएका एवं कोरोनाबाट पहिलोपटक मृत्यु हुने सुत्केरी महिलाको शव धुलिखेल अस्पतालबाट पशुपति लगेर दाहसंस्कार गर्ने सैंजु र गाईजुले मानवीय सेवाको काम गरेको भन्दै सहयोग गरिएको हो ।

दिवङ्गत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानको तर्फबाट सहयोग गर्दै उहाँले विपद्को घडीमा उहाँहरुले उदाहरणीय काम गरेर देखाउनुभएकाले उहाँहरुलाई प्रोत्साहन गर्न सहयोग गरेको जानकारी दिनुभयो ।

घिमिरेले एसियन फर्मा स्युटिकल्स र एनसिभीको समन्वयमा आठ थान पिपिई र ६० थान स्यानिटाइजरसमेत आरएनए १६ समूहलाई उपलब्ध गराउनुभएको हो । फर्मा स्युटिकल्सका दिपेश प्रधान र एनटिभीका यादव गौतमले भक्तपुर सूर्य्विनायकस्थित सेनाको वीरदल गणमा पुगेर समूहलाई नगद र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको होे । नेपाल स्काउटका रोबर लिडर गाईजू र स्काउट मास्टर सैंजुको समूहलाई वीरदल गणले आपत्कालीन शव व्यवस्थापनको तालीम दिएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ६ : ५२ बजे