९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कीर्तिपुरमा आरडिटीमा कोरोना देखियो, पिसिआरमा देखिएन


१० जेष्ठ २०७७, शनिबार  

0
Shares


१० जेठ ०७७, किर्तिपुर । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । आरडिटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा यही जेठ ४, ५ र ६ गते गरिएको कोरोना परीक्षणमा चार सफाइ मजदूर एव पाँच जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट पोजेटिभ देखिए पनि नमूना परीक्षणका लागि टेकु पठाइएको थियो । रिपोर्ट पोजेटिभ देखिए पनि त्रिभुवन विश्वविद्यालय र राराहिलको क्वारेन्टिनमा राखिएका उनीहरुलाई घर पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : ०२ बजे