९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको बडिखेलमा आकस्मिक घरदैलो रक्तदान


१० जेष्ठ २०७७, शनिबार  

0
Shares


१० पुस ०७७, बडिखेल । बडिखेल निवासी ३४ वर्षीय श्याम आचार्यले आज रक्तदान गर्नुभयो । उहाँले कोरोना भाइरस त्रासका कारण मुलुक बन्दाबन्दी भएको अवस्थामा देशवासीलाई पर्नसक्ने रगत अभावको समस्या टार्न रक्तदान गरेको बताउनुभयो ।
“मुलुक रोगको सङ्क्रमणले त्रासको अवस्थामा छ, यस्तो बेला सेवा नै ठूलो धर्म हो भन्ने कुरा मनन गरी रक्तदान गर्न आएँ”, आचार्यले भन्नुभयो । अर्का ३४ वर्षीय रामकुमार केसीले पनि आचार्यले जस्तै यहाँ रक्तदान गर्नुभयो । उहाँले भन्नुभयो, “रक्तदान नै जीवन दान हो भन्ने कुरालाई मनन गरी सानो सहयोगले कसैको प्राण बच्छ भने सहयोग गर्नु मेरो दायित्व हुनेछ ।”
यसैगरी अर्का ४२ वर्षीय कृष्णमुरारी घिमिरेले बन्दाबन्दीका कारण जुनसुकै रक्तसञ्चार केन्द्रमा रगत अभाव भइरहेका बेला कसैलाई पर्नसक्ने सङ्कटलाई टार्नु नेपाली नागरिकको एक कर्तव्य रहेको भनाइ राख्नुभयो । गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको एक मात्र सामुदायिक श्री पथप्रदर्शक माध्यमिक विद्यालय प्राङ्गणमा बडिखेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बडीखेल टोल सुधार समितिको संयुक्त आयोजना तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान)को सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा आचार्य, केसी र घिमिरेजस्ता अन्य २४ जनाले आकस्मिक घरदैलो रक्तदान गर्नुभयो ।

सो सङ्कलित २७ पिन्ट रगत नेपाल रक्तसञ्चार सेवा केन्द्र पुल्चोकलाई प्रदान गरिएको सहकारीका निवर्तमान अध्यक्ष बालमुकुन्द आचार्यले बताउनुभयो । सो रक्तदातामा वडाका जनप्रतिनिधि तथा स्थानीयवासी रहनुभएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : ३४ बजे