११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बन्द बज्रवाराही अस्पताल पुनः सञ्चालन हुने


११ जेष्ठ २०७७, आइतबार  

0
Shares

चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विर ः ललितपुर खबर

११ जेठ ०७७, चापागाँउ । गोदावरी नगरपालिका वडा नं १० मा अवस्थित बज्रबाराही चापागाउँ अस्पतालले सोमबारदेखि बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।

गतआइतबार र सोमबार ¥यापिड परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि सो अस्पतालले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको थियो । “चारैजनाको स्वाब परीक्षणको नतिजा नआएसम्म उहाँहरुलाई अस्पतालभित्र राख्याँै । अहिले उहाँहरु चारैजनाको नतिजा नेगेटिभ आएपछि भोलिदेखि अस्पताल सञ्चालन गर्ने योजना बनाएका छौँ ।” व्यवस्थापक मधुराम केसीले भन्नुभयो । उहाँले दुई हप्तासम्म उनीहरुलाई सेल्फ क्वारेन्टिनमा घरभित्र बस्न आग्रह गरेको बताउनुभयो ।

गतआइतबार ९६ र सोमबार ६४ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले जानकारी दिनुभयो । “गत मङ्गलबार हामीले सातजनाको स्वाब सङ्कलन गरेको नतिजा भने आउन बाँकी छ”, उहाँले थप्नुभयो, “जोखिमलाई ध्यानमा राखी चापागाउँ अस्पतालभित्र हामीले १० श्ययाको आइसोलेशन वार्ड तयार गरेका छाँै ।”

दक्षिण ललितपुरको तीन गाउँपालिकाको केन्द्रका रुपमा सो अस्पताल रहेको छ । सो अस्पतालले दैनिक १२आँै घण्टे सेवा दिने गरेको उहाँले जानकारी दिनुभयो । १५ श्यया रहेको सो अस्पतालमा प्रसूति तथा गर्भपतन सेवा सेवा समेत रहेको निमित सुपरटेन्डेण्ट डा किसन नेपालीले बताउनुभयो । लकडाउन हुनुपूर्व दैनिक ४० देखि ५० जना बिरामी सेवा लिन आउने गरेका थिए ।

नगरपालिकाभित्र १८ स्वास्थ्य संस्था रहेका छन् । नगरपालिकामा १६ सामुदायिक र दुई आयुर्वे्दिक स्वास्थ्य संस्था रहेका छन् । सो अस्पताल पहिलोपटक सञ्चालनमा आउँदा दातृ निकायको सहयोगमा बज्रबाराही सामुदायिक अस्पतालका रुपमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ४४ बजे