९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना संत्रासबीच टिकाभैरवमा क्रसर चलाउन खोजेपछि स्थानीयका आन्दोलित


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares


लपु संवाददाता
११ जेठ ०७७, टिकाभैरव ललितपुर । ललितपुर नल्लु टिकाभैरव क्षेत्रमा कोरोना भाइरसको सन्त्रासका कारण स्थानीय बासिन्दाको विरोधपछि बन्द भएको खानी क्रसर खुलाउने तयारी गरेपछि भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।
टिकाभैरव टुसाल टोलका स्थानीयबासीहरुले खानी क्रसर चल्दा कोरोना फैलनसक्ने भन्दै स्थानीय बासिन्दाहरुले साथ दिन अनुरोध गरेपछि सिखर्पा, ताप्लुङ्ग, काफल डाँडा, गैही गाँउ र लप्से वरिपरिका स्थानीय भेला भएर खानी क्रसर क्षेत्र पुगेर प्रर्दशन गरेका हुन् ।
प्रर्दशन पछि गोदावरी नगरपाालिकाका मेयर गजेन्द्र महर्जन वडाध्यक्ष विष्णु महर्जनलगायत सहभागी भएका थिए ।
प्रद्र्धशनस्थलमा महर्जनले लक डाउन अवधिभर खानी क्षेत्र नखुल्ने बताएपछि आन्दोलित स्थानीय फर्केका थिए ।
वडायक्ष विष्णुमान महर्जनले आफू व्यावसायीको पनि भएकोले खानी खानी चलाउने पहल गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘सरकारले विकाश निर्माणको काम गर्ने तर खाानी चलाउन नदिने भन्ने हुँदैन त्ययसो गरे विकाश निर्माण अवरुद्ध हुन्छ ।’स्थानीय बासिन्दालाई बडाध्यक्ष विष्णुमान महर्जनले माथिको पावर लगाएर भए पनि चलाउने बताएपछि स्थानीयबासी प्रर्दशन गर्न पुगेको स्थानीयासी बताउछन् । स्थानीयहरुले खानी चलाउन अवरोध गरे बाँकी नराख्न धम्की आएको गुनासो गर्दै स्थानीय बासिन्दा रहेका त्रासमा रहेको बुझिएको छ ।
खानी क्षेत्रमा बिना पास नौला मान्छे ओहोर दोहोर गरिरहेको कारण पनि स्थानीयबासी त्रसित भएका हु्न् । एक स्थानीयले भने, ‘लाजिम्पाटदेखि काठमाडाौंका विभिभन्न ठाँउमा बस्ने नौला मान्छे आउछन् । सरकारले पास खारेज गरेको छ । तर खानी क्रसरका मान्छेलाई चाही छुट छ ।’
‘खानी क्रसर बैध अबैध जे भए पनि अहिलेलाई नचलाइ दिनुस् भन्ने अनुरोध गरेका हो कसैले सुनेनन्’ ती स्थानीयबासीले ले भने ।
महानगरिय प्रहरी बृत चापागाँउका डिएसपि कृष्णराज ओझले खानी क्रसर र राष्टिय योजनाहरु चल्न दिने निर्णय भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय बासिन्दासँग सहमती भए चलाउन सक्छन् ।’
गएको जेठ १ गते स्थानीय बासिन्दाले कोरोना भाइरसको सन्त्रास रहेको अवस्थामा काठमाडौंका विभिन्न ठाँउका बासिन्दा गाँउमा आउने जाने गरेको र बस्ती असुरक्षित भएको भन्दै खानी बन्द गर्न माग गर्दै वडा कार्यालयलाई हस्ताक्षर बुझाएका थिए ।

९८५१२ ९०८२० कृष्ण राज ओझा

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ९ : ०८ बजे