४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाबाट थप एकको निधन, ४ पुगे


१२ जेष्ठ २०७७, सोमबार  

0
Shares


१२ जेठ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको निधन भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो ।
योसँगै कोभिड–१९ बाट निधन हुनको सङ्ख्या नेपालमा चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक÷एक जनाको निधन भएको थियो ।
मृतकको कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पुष्टि भएको हो । सत्तरी वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो । उनको जेठ ३ गते स्वाब सङ्कलन गरी नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँको रिपोर्टमा शङ्कास्पद आएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । त्यहाँ परीक्षण गर्दा पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताउनुभयो । जेठ ५ गते नै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ६ : ४६ बजे