४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज कृष्ण सेन इच्छुक दिवश, रचनात्मक कार्यक्रम आयोजना हुने


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares


१३ जेठ ०७७, कााठमाडौं । जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को स्मृती दिवश प्रेस सङ्गठन नेपालले लक डाउनका कारण रचनात्मक कार्यक्रमको आोजना गरेर मनाउन लागिको जनकारी दिएको छ ।
सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उहाँको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ । विसं २०१३ कात्तिक ३ दिने जन्मिनुभएका ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिनुभएको थियो । उहाँका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरि (२०५८) आदि कृति प्रकाशित छन् । सङ््गठनले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ ।
संगगठनले प्रेस विज्ञप्ती प्रकाशन गरेर उहाँले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिनुभएको योगदान महत्वपूर्ण भएको जनाएको छ । इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  १ : ०७ बजे