९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा हावा हुरीले घर उडाएपछि


१३ जेष्ठ २०७७, मंगलबार  

0
Shares

हावा हुरीले ललिपुर गिम्दीस्थित एक घरको उडाएको छाना । तस्विर सौजन्य ः कृष्ण बल

१३ जेठ ०७७, ललितपुर । दक्षिण ललितपुरमा सोमबार अपरान्ह्र हावा हुरीले क्षति पु¥याएको समाचार प्राप्त भएको छ ।
वागमती गाँउपालिकाकी उपाध्यक्ष रञ्जना तिमल्सिनाले आश्राङ्ग,प्युटार र गिम्दीका किसानले बनाएको टनेल र कुखुरा फामका छाना उडाएको खबर पाएको जानकारी दिनु भयो ।
हावा हुरीले बागमती गाउँपालिका वडा न ७ गिम्दीको जनजीवन प्रभावित बनाएको स्थाानीय कृष्ण बलले ललितपुर खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार मोचेडाँडामा आठ वटा घरको छानो उडाको छ भने स्थनीय चन्द्रबहदुर स्याङ्तानको एउटा बाख्रा मरेको छ ।उहाँले भन्नुभयो,‘गिम्दीका सरोज थिङ, कुलबहादुर भुलुन, रामबहादुर भुलुन,चचन्द्र बहादुर स्ययाङ्गतानलगायतको घर पुर्ण रुपमा क्षति भई बस्न अयोग्री भएको छ । मोचेडाँडा बालविकास्स केन्द्र क्षति भएको छ ।’ उहाँका अनुसार मोचेडाँडा, थुम्की,बाजगाँउ,सोभानीलगायत बस्तिहरुमा समेत क्षति पुगेको तर विस्तृत विवरण आ सकेको छैन । हावा हुरीका कारण दक्षिण ललितपुरको धेरैजसो ठाँमा विद्युत अवरुद्ध छ ।
वागमती गाँउपालिका ७ अश्राङ्गमा समेत क्षति पुगेको वडाध्यक्ष लाल बहादुर भोम्जनले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय वावुलाल जिम्मा र राम बहादुर स्याङ्गतानका छाना उडाएको जानकारी दिनु भयो ।
कमला लामा तामाङ्गका अनुसार चन्दनपुर नकनडोल क्षेत्रमा विजुलीको पोल ढलेको र बाटोमा रुखहरु ढलेर अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘दुर्गम पहाड भएकाले क्षतिको विस्तृत विवरण आसकेको छैन ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलबार  ८ : २९ बजे