९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाभैरव–पाटन राजकुलो ५ किलोमिटर सफा


१४ जेष्ठ २०७७, बुधबार  

0
Shares

 

१४ जेठ ०७७, चापागाँउ । गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सफा गर्ने काम साढे पाँच किलोमिटर सकिएको छ ।

राजकुलोबाट पानी सञ्चालन गराउन यही जेठ २ गतेदेखि वडा नं १२ स्थित भली पुचका युवाहरुको सक्रिय सहभागितामा उक्त काम अघि बढेको हो । राजकुलोको पानी टीकाभैरवदेखि थेचोको सिमानासम्म ल्याउन साढे सात किलोमिटर सफा गर्नुपर्छ । आजसम्म साढे पाँच किलोमिटर सफा भएको र बाँकी रहेको दुई किलोमिटर सफा गरी कुलो भत्किएका ठाउँठाउँमा पर्खाल लगाउने योजना अघि बढिरहेको पुचका अध्यक्ष विनोद महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्खाल लगाएको ठाउँमा ढलान गर्नुपर्ने हुन्छ । ढलानको काम भने अर्काे बजेट आएपछि मात्र सम्भव भएको छ ।” विसं २०४६ देखि राम्रोसँग सञ्चालन नभएको राजकुलोमा यस वर्ष पानी ल्याउने योजनाअनुरुप ८० बढी युवाहरु काममा खटिरहेका महर्जनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ५ : ५७ बजे