९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा ५१ लाखकोे कोरोना कोष


१४ जेष्ठ २०७७, बुधबार  

0
Shares


१४ जेठ ०७७,चापागाउ । गोदावरी नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै रु ५१ लाखको आकस्मिक कोष स्थापना गरेको छ । यस कोषबाट नगरको वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप ११ बज्रबाराही र १२ ठेचोबाट एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
लक डाउनमा श्रमिक, एकल, अशक्त र मजदुरलाई राहत वितरण गर्नाका साथै ५५३ सुत्केरीलाई आधा किलोका दरले गुँदपाक वितरण गरिसकेको छ । नगरपालिकाको आकस्मिक बैठकले कोभिड–१९ उपचारका क्रममा कोही कर्मचारी वा स्वास्थ्यकर्मी यसबाट सङ्क्रमित भई मृत्यु भएमा निजको परिवारलाई रु १० लाख उपलब्ध गराउनका साथै निःशुल्क उपचार गरिदिनेसमेत निर्णय गरेको छ ।
लक डाउन अवधिभर स्वास्थ्य चौकीमा कर्तव्य निर्वाह गर्ने स्वास्थ्यकर्मी र टोल टोलमा खटाइएका स्वास्थ्यकर्मीलाई एक महिनाको २५ लिटरका दरले इन्धन र प्रतिदिन रु ५०० का दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिसकेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “लक डाउनमा जनतालाई परेको मुख्य समस्या समाधान गर्न हामीले ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ वितरण गरिरहेका छाँै ।”
वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको जनाइएको छ । तिनपाने भञ्ज्याङको सडक कान्ति लोकपथअन्तर्गत पर्ने र यहाँबाट मानिस पैदल यात्रा गरी प्रवेश गर्न सक्ने भएकाले सो काम अघि बढाएको जनाइएको छ

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : २८ बजे