२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हावाहुरीले दक्षिण ललितपुरको ठूलादुर्लुङमा ४० लाखको क्षति


१४ जेष्ठ २०७७, बुधबार  

0
Shares

१४ जेठ ०७७, ललितपुर । ललितपुरको महाङ्काल र वाग्मती गाउँपालिकामा मङ्गलबार आएको हावाहुरीले क्षति पु¥याएको छ । महाङ्कालका ६ वडामध्ये आँधीले वडा नं ६ ठूलादुर्लुङमा मात्र रु ४० लाखबराबरको अन्न र मकैबालीमा क्षति पु¥याएको वडाध्यक्ष रामकृष्ण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीले बारीका मकैका साथै ज्वालादेवी आधारभूत र महेन्द्र माध्यमिक विद्यालयको छानो तथा १५ वटा निजी घरका छाना उडायो ।”
ठूलादुर्लुङमा ९० प्रतिशत मकैबाली सखाप भएको आचार्यले बताउनुभयो । उहाँले थप्नुभयो, “वडामा दुई लाखबाराबरको केराखेती नष्ट, ३० वटा तरकारीका टनेलमा पूर्णरुपमा क्षति पुगेको छ, लालबहादुर रुम्बाका परिवार विस्थापित हुन पुगेका छन् ।”
वाग्मतीको वडा नं ७ गिम्दीमा हावाहुरीले क्षति पु¥याएको छ । गिम्दीको कटुवा, बेसी, मगरगाउँ, बाँजगाउँ, थुम्की, शुभानेलगायत क्षेत्रमा जस्ताका टहरा उडाउँदा बसोबासमा समस्या उत्पन्न भएको स्थानीयवासी कृष्ण बलले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका ७० प्रतिशत बारी र खेतमा उत्पादन भइरहेका मकैबाली नष्ट भएका छन् ।”

हावाहुरीले महाङ्कालको वडा नं ३ गोटीखेलपारि वडा नं ४ कालेश्वर तथा ६ ठूलादुर्लुङ र वाग्मतीको वडा नं ४ प्युटार, वडा नं ५ इकुडोल, वडा नं ६ आश्राणका साथै ७ गिम्दीमा विद्युतीय सेवा क्षति भई बन्द भएको दक्षिण ललितपुर विद्युत् सहकारीका अध्यक्ष गोविन्द बजगाईंले बताउनुभयो ।
ललितपुरको लगनखेल बसपार्कबाट ठूलादुर्लुङ सबैभन्दा टाढा ७५ किलोमिटर र गिम्दी ७० किलोमिटरमा अवस्थित छ । कोञ्ज्योसोम, महाङ्काल र वाग्मतीमा रहेका १८ वडामध्ये ठूलादुर्लुङ विशेषगरी कफीको पकेट क्षेत्रका रुपमा चिनिन्छ । ठूलादुर्लुङको कफी अमेरिका, अष्ट्रेलिया, जापान, होल्याण्ड निर्यात हुने गरेको स्थानीयवासी दीपकप्रसाद घिमिरेले बताउनुभयो । ठूलादुर्लुङ र गिम्दीका ९९ प्रतिशत कच्चीघरमा जस्ताको छानो हालिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ८ : ११ बजे