११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको आश्राङमा फौजी किराको प्रकोप


१५ जेष्ठ २०७७, बिहिबार  

0
Shares


१५ जेठ ०७७, आाश्राङ्ग । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा व्यापकरूपमा फौजी किराको प्रकोप देखिएको छ । यस किराले वनजङ्गल भएको क्षेत्रमा बढी स्वामित्व जमाउने हुँदा यहाँको मकैबालीमा क्षति पु¥याएको देखिन्छ ।

वाग्मतीमा रहेका सात वडामध्ये वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा फौजी किराको प्रकोप व्यापक देखिएको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “यी तीनवटा वडामध्ये प्युटारमा रोपिएका धेरै मकैबाली किराले खाएको छ । प्युटारको लगभग ९०० रोपनी तथा माल्टा र आश्राङमा पाँच–पाँच सय रोपनी जमिनमा क्षति पु¥याएको छ । यी वडाका हरेक किसानको बारीमा १० देखि १५ प्रतिशत मकैमा क्षति भएको खनालले जानकारी दिनुभयो ।

सो किराले मकैको गुभो खाइदिने तथा मकैको बोटमा लागेको धानचमरा खाइदिने र एकपल्टमा १०० देखि २०० अण्डा पार्ने हुँदा मकैबालीका लागि घातक हुन्छ । वाग्मतीमा हाल तीनथरिका मकैबाली उत्पादन भइरहेको छ । “एकथरिको मकै पहिलोपटक गोडिएको, दोस्रोथरिको मकै मान्छेको कम्मरसम्म आइपुग्ने र तेस्रोथरिको मकै भने धानचमरा लागिसकेको छ”, खनालले थप्नुभयो, “हामीले यस रोग नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र ललितपुरसँग समन्वय गरी समस्या समाधान गर्ने भएका छौँ ।”

मकैबालीमा समस्या देखिएको गुनासो गाउँपालिकाको कार्यालयमा आएसँगै आफूहरुले गएर केही टोलमा विषादी र स्प्रे वितरण गरिसकेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले छिट्टै यस समस्याको समाधान गर्न छलफल अघि बढाइरहेका छौँ ।” यहाँका जनप्रतिनिधिले गाउँपालिकामा देखिने जुनसुकै समस्या समाधान गर्ने प्रतिबद्धता लिएसँगै बिनाचिन्ता बस्न लोप्चनले जनतालाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ९ : ५७ बजे