१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका कोरोना सङ्क्रमितको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा


१५ जेष्ठ २०७७, बिहिबार  

0
Shares

१५ जेठ ०७७, ललितपुर । ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ ।   अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट टे«सिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ ।” जनस्वास्थ्य कार्यालयले बुङ्मतीमा गएर आवश्यक व्यक्तिको कोरोना परीक्षण गर्ने भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।