१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा जनचेतनाका लागि उडाइयो ड्रोन


१७ जेष्ठ २०७७, शनिबार  

0
Shares


१७ जेठ ०७७, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ड्रोनमार्फत कोरोना सङ्क्रमणबाट बच्नेबारे जनचेतना फैलाउन शुरु गरेको छ । नगरपालिकाले आज वडा नं १ लोकन्थलीबाट ड्रोन उडाएर कोरोनासम्बन्धी जनचेतना फैलाउन शुरु गरेको हो ।
कोरोनाको सङ्क्रमण फैलिरहेका बेला यसलाई रोक्न कोरोनाबाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर ड्रोन उडाएर टोलटोलमा जनचेतना फैलाउन शुरु गरेको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।
लकडाउनका समयमा जथाभावी बजार खुलेको, जथाभावी मानिस बाहिर निस्कन थालेको पाइएपछि ड्रोनमार्फत जनचेतना फैलाउन शुरु गरिएको उहाँको भनाइ छ । यसबाट घरघरमा जान नपर्ने र ड्रोन देखेपछि चासो दिएर स्थानीयले हेर्ने र सुन्ने भएकाले यो माध्यम प्रभावकारी मानिएको छ ।


ललितपुरको कुपण्डोलस्थित पोकुरा इनोभेसन प्रालिका गोकर्णजङ्ग थापाको नेतृत्वमा इञ्जिनीयर राम खनाल, सुशील खड्का र साजन अमात्यको टोलीले निःशुल्करुपमा ड्रोन उडाएर जनचेतना फैलाएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ९ : ०० बजे