१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई घरमै लगेर बृद्ध भत्ता दिने


१९ जेष्ठ २०७७, सोमबार  

0
Shares


१९ जेठ ०७७, काठमाडौं । लकडाउनका कारण काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमानै पुगी भत्ता वितरणको व्यवस्था गरेको छ । धेरैलाई वडा कार्यालय बोलाएर भत्ता वितरण गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सुरक्षा अपनाएर जनप्रतिनिधिले घरमानै भत्ता दिने व्यवस्था गरेका हुन । कामपाको ३२ वडामा स्थायी बसोवास गर्ने ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई घरमै भत्ता प्रदान गरिँदै आएको छ । यस्ता वरिष्ठ ज्येष्ठ नागरिक ९ हजार १ सय १७ जना छन् ।
महानगरपालिकाले पूर्ण अपाङ्गता भएका ४ सय ४५ जनालाई पनि अहिले विशेष भत्ता घरमै पु¥याउने र र त्यसका लागि वडालाई रकम निकासा गरिएको छ । केही वडाले वितरण शुरु गरेका र केहीले तत्कालै शुरु गर्ने तयारीमा रहेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । भत्ता वितरणको लागि कामपाले रु ११ करोड ६ लाख १७ हजार निकासा गरेको छ । अघिल्लो वर्ष ५ हजार ६ सय २१ महिला र १ हजार ९ सय ३६ पुरुष गरी ७ हजार ९ सय ५७ जनालाई कामपाले विषेश भत्ता उपलब्ध गराएको थियो । –––

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।