१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेमा भारतबाट फर्कने दैनिक १ सय, क्वारेन्टिनमा राखियो


२० जेष्ठ २०७७, मंगलबार  

0
Shares


२० जेठ ०७७, काभ्रे । एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ । हालसम्म करिब पाँच सय भारतबाट आएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले भारतबाट पछिल्ला दिनमा दैनिक सयको हाराहारिमा जिल्लावासी आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो “अब क्वारेन्टिन र बेड थप्नुपर्ने देखिन्छ ।” क्वारेन्टिनमा बसेका तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाको परीक्षण गरिनेछ । सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’ बसाइनेछ ।
कोरोनाको जोखिम बढेदै गएपछि काभ्रेका १३ स्थानीय तहलगायत विभिन्न संघसंस्थामा ३४२ बेडको क्वारेन्टिन व्यवस्थित गरिएकोमा भारतबाट जिल्ला फर्कन थालेपछि त्यसमा थप गरी ६६५ बनाइएको छ । भारतबाट जिल्ला फर्कने क्रम जारी रहेकाले आवश्यकता अनुसार थप्दै जाने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताउनुभयो । “हजारबढी जिल्लाका बासिन्दा भारतमा बस्दै आएको तथ्याङ्क देखिन्छ, सबै फर्कंदा बेड अपुग हुने हुँदा थप्ने योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष छ ।
पोष्टका अनुसार शुक्रबार ८५, शनिबार ९९, आइतबार ९३ र आज ११८ जिल्ला फर्किएकालाई स्थानीय क्वारेन्टिनमा राखिएको छ । मजदूरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा रहेको केन्द्रले जनाएको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेका नागरिक रहेको जनाइएको छ ।
गतसाल माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको थियो । यसैबीच, जिल्लामा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव रहेको छ । झाले भन्नुभयो, “आरडीटी किट अभाव भएकाले स्वास्थ्य मन्त्रालय धाइरहेको छु, मन्त्रायले विभाग देखाउँछ विभागले प्रदेश, किट आवश्कयता भइसक्यो आफैं अलमलमा छु ।” उहाँका अनुसार जिल्लामा आएको २१०० आरडीटी किट सकिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : १३ बजे