२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकारहरुलाई मास्क र स्यानेटाईजर सहयोग


२१ जेष्ठ २०७७, बुधबार  

0
Shares

सहयोग लिदै क्लवका अध्यक्ष विकाश कार्की । तस्विर ः पिजे क्लव

२१ जेठ ०७७, काठमाडौं । कोभिड–१९ बाट उत्पन्न जटिल परिस्थितिमा पत्रकारितामा खटिनुपर्ने बिभिन्न सञ्चार गृहमा कार्यरत फोटोपत्रकारहरुलाई मास्क र सेनिटाजर वितरण गरिएको छ । हिलसाईड कलेज अफ ईन्जिनीयरिङ्गका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले फोटोपत्रकारहरुका केएन ९५ मास्क र नेपाली काग्रेका साांसद तथा सुमी फर्मासिटिकल्सका निर्देशक कर्मा घलेले २०० पिस स्यानेटाईजर फोटोपत्रकार क्लबका अध्यक्ष विकाश कार्कीलाई हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाइरसको महामारीबीच जोखिम मोलेर अग्रपंक्तिमा खटिदै समाज, राष्ट्र र आम मानवजातिप्रतिको जिम्मेवारी खरो रुपमा वहन गरिरहेका फोटोपत्रकारहरुलाई कलेजको तर्फबाट सानो सहयोग गर्न पाउदा खुशी लागेको हिलसाईड कलेजका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपान बताउनु भयो ।
सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सिद्धान्तलाई समेत वेवास्था गर्दै नेपाली फोटोपत्रकारहरुले सञ्चारकर्मको उदाहरणीय नमुना पेश गरिरहेका फोटोपत्रकारहरुको मनोबल कायम राख्न सुमी फर्मासिटिकल्सले सहयोग गरेको बताउदै सांसद कर्मा घलेले जोखिमको घडीमा काम गर्ने फोटोपत्रकारहरुको मनोबल उच्च राख्न र सुरक्षित रही काम यसले प्रत्सोहान गर्ने बिश्वास ब्यक्क्त गर्नु भयो ।
यो विषम परिस्थितमा फोटोपत्रकारहरुको सुरक्षाको ध्यान दिदै सहयोग गर्ने सहयोगीहरु क्लबले प्रेस विज्ञप्ती मार्फत आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १० : ०६ बजे