४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लक डाउनमा उद्योग र पसल खोल्ने व्यावसायीको निर्णय


२२ जेष्ठ २०७७, बिहिबार  

0
Shares

२२ जेठ ०७७, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा जारी बन्दाबन्दी खोल्नेबारे सरकारले अहिलेसम्म कुनै तदारुकता नदेखाएकाले उद्योगी व्यवसायी व्यवसायबाट पलायन र रोजीरोटी गुम्ने खतरालाई मध्यनजर गर्दै पसल खोल्ने निर्णय गरेको जानकारी दिनुभयो । “बन्दाबन्दीका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सरकारले कर तिर्न ताकेता गरिरहेकाले हामी बाध्य भएर पसल खोल्ने निर्णयमा पुगेका हौँ”, उहाँले भन्नुभयो ।

महासङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड सामाजिक दूरी कायम राखी पञ्जा, मास्क र स्यानिटाइजरको प्रयोग गरी पसल सञ्चालन गर्ने बताएको छ । पसल, उद्योग व्यवसाय खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आए वा बल प्रयोग गरिए उद्योगी व्यवसायीले तिर्ने घरभाडा, कर र बैंकको व्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा सरकारले लिनुपर्ने महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । महासङ्घमा हाल देशभरका २१ सङ्घ आवद्ध रहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ९ : १५ बजे