२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरीमा वृक्षरोपण


२३ जेष्ठ २०७७, शुक्रबार  

0
Shares

बाँडेगाँउमा रुख रोप्दै महिला र पुरुष।

२३ जेठ ०७७, बाँडेगाँउ । युवा जागरण पर्यावरणीय मञ्चले ‘विश्व वातावरण दिवस २०७७’ का अवसरमा गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँदेखि वडा नं २ गोदामचौर सडकखण्डमा फलफूल र औषधिजन्य वृक्षरोपण गरेको छ ।
‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ बाडेगाउँबाट गोदामचौर जाने सडक वरपर ५१२ धुपी, तेजपात, पारिजात, रुद्राक्ष, चाँप र कटुस जातका वृक्षरोपण गरिएको मञ्चका अध्यक्ष डा अष्टमान किसी महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “ सामाजिक दूरी कायम गर्दै २५ देखि ५० जनासम्म मञ्चका सदस्यलगायत नजिकैका टोलवासी मिलेर वृक्षरोपण गरेका हाँै ।” विसं २०५१ मा मञ्चको स्थापना भएदेखि आजसम्म २५ वर्ष अघिदेखि सो काम गरिँदै आएको उहाँको भनाइ छ ।

लगभग साढे दुई किलोमिटर स्थानमा वृक्षरोपण गरिएको छ । “ गोदावरीवासीले बोटबिरुवा रोप्छाँै भन्ने इच्छा देखाएर माग गरेमा विनाशुल्क जति पनि दिन तयार छाँै”, उहाँले थप्नुभयो, “हामीले डिभिजन वन कार्यालय ललितपुरसँग समन्वय गरी उक्त निर्णय अघि सारेका हाँैै ।” अघिल्ला वर्षमा मञ्चले वृक्षरोपणका साथै जनचेतनामूलक विभिन्न कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।