४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दक्षिण ललितपुरकी सुजातालाई ‘वेस्ट सिङ्गर अवार्ड’


२८ जेष्ठ २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
२८ जेठ ०७७, ललितपुर । दक्षिण ललितपुर ठूलादुर्लुङ्गकी गायिका सुजाता केसीले ‘वेस्ट सिङ्गर फिमेल जुरी अवार्ड’ हात पारेकी छिन् । लक डाउनको बेला काठमाडौंको ठमेलस्थित एक होटलमा सामाजिक दुरी कायम गरेर वक्स अफिस इन्टरनेश्नल ग्रुपले वितरण गरेको नेश्नल वक्स अफिस म्युजिक भिडियो अवार्डमा सुजाताको गीतले अवार्ड दिईएको हो ।
‘मलाई के था त’ बोलको गीतले अवार्ड जितेपछि खुशी व्यक्त गर्दै केसीले दर्शक श्रोताको मायाँले यो अवार्ड हात पार्न सफल भएको प्रतिक्रिया दिनु भयो ।
विश्वमै पहिलो पटक लक डाउनमा सामाजिक दुरी कायम गरेर अवार्ड आयोजना गरेको आयोजकको दाबी छ । यस अघि अन्य किर्तिमानी अवार्ड आयोजना भइसकेको आयाोजकको दाबी छ ।
पछिल्लो समय केसीका एकपछि अर्को गीत संगीत बजारमा चर्चित बन्दै गइरहेको छ । केही दिनअघि बजारमा निस्केको बाजा बजाउदै गीतले सामाजिक सञ्जालमा धमाका पिटिरहेको छ । यो गीत गतमहिना युट्युवमा ट्रेण्डिङ्गमा थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : ३६ बजे