१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा भेटियो भक्तपुरबाट बगाएको चालकको शव


३० जेष्ठ २०७७, शुक्रबार  

0
Shares

वागमती नदि

३० जेठ ०७७,ललितपुर । भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव दक्षिण ललितपुरको घुसेलमा भेटिएको छ । बिहीबार वाग्मती गाउँपालिका घुसेल वागमती नदिमा  शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो ।
ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए । बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी शव परीक्षणका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
शवको पोष्ट मार्टमका लागि पाटन अस्पताल लगिएको चापागाँउ प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।