११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका बज्राचार्य सम्पर्कमा नरहेको विप्लव नेकपाको दावी


१ असार २०७७, सोमबार  

0
Shares


१ असार ०७७, ललितपुर । प्रतिबन्दित विप्लव नेतृत्वको नेकपाले ललितपुरबाट विस्फोटक पदर्थसहित पक्राउ परेका श्याम बज्राचार्य आफ्नो पार्टीमा नरहेको दाबी गरेको छ ।
ललितपुर प्रहरी प्रमुख टेक बहादुर राईलाई तोकरै जारी विज्ञप्तीमा आफ्ना कार्यकर्तामाथि अनावश्यक धरपकड नगर्न चेतावनी दिदै नागरिकको बाँच्ने अधिकारको हनन् नगर्न भनेको हो । प्रहरीले अनावश्यक रुपमा घर खानतलासी गरेको, शारिरीक र मानसिक यातना दिएको प्रति दाबी गर्दै अवदेखि त्यसो नगर्न भनेको हो ।
साथै विज्ञप्तीमा सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु आइरहेको भन्दै आपत्ति समेत जनाएको छ ।
गतजेठ ३० गते ललितपुरबाट विस्फोटक पदार्थसहित विप्लवका जिल्ला सचिवालय सदस्य बज्राचार्यलाई पक्राउ गरेको थियो ।
‘नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने रु घर घेर्ने, धरपकड गर्ने र शारीरीक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : २९ बजे