१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वर्षाले भीमफेदी–कुलेखानी सडकको अवरुद्ध


२ असार २०७७, मंगलबार  

0
Shares


२ असार ०७७, मकवानपुर । गएराति अविरल आएको वर्षाले भीमफेदी गाउँपालिका–६ देउरालीमा करिब १५ मिटर पहिरो आई बाटो अवरुद्ध हुँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको भीमफेदी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
अहिले पनि वर्षा भइरहेकाले मौसममा सुधार भएपछि उक्त पहिरो हटाई यातायात सञ्चालन गर्नेतर्फ डोजरसहितको प्राविधिक खटाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालले जानकारी दिनुभयो । वर्षाले इन्द्रसरोवर गाउँपालिका वडा नं २ र ४ मा पनि सिस्नेरी सडकखण्डको ठूलोभञ्ज्याङमा गएको पहिरो डोजरले हटाउने प्रयास भइरहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : २५ बजे