११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीषण बर्षापछि दक्षिण ललितपुरका सडक अवरुद्ध


२ असार २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

लपु संवाददाता
२ असार ०७७, चापागाँउ । सोमबार साँझदेखि परेको निरन्तर बर्षापछि दक्षिण ललितपुरको सडक सञ्जालमा क्षति पुगेको छ । राजधानीबाट तराई छिचोल्ने कान्तिलोक पथ अन्र्तगत तीनपाने नयाँगाँउ र मासखोला सडक भत्केको इलाका प्रहरी कार्यालय भट्टेडाँडाले जानकारी दिएको छ ।
मासखोलामा सडक विस्तारको क्रममा कटिङ्ग गरिएको ठाँउ नजिक निरन्तर पहिरो गइरहेको हो ।
इलाका प्रहरी कार्यालय गोटिखेलका इन्चार्ज दिल बहादुर खत्रीले मानिखेल गोटिखेल सडक अवरुद्ध भएको जानकारी दिनु भयो । साथै चापागाँउ जाने मध्यमार्गी सडक समेत अवरुद्ध भएको तर कति ठाँउमा पहिरो गयो भन्ने खबर प्राप्त भइ नसकेको जानकारी दिनु भयो ।
दक्षिण ललितपुरको वगुवा,प्युटार, आश्राङ्ग, गिम्दी, ठूलादुर्लुङ्ग हुँदै काभ्रे तालढुंगा जाने सडक पनि बर्षाका कारण अवरुद्ध छ । प्रहरी चौकी आश्राङ्गका प्रहरी जवान दिपेन्द्र नयौपानेका अनुसार आश्राङ्गको रुम्बाटोल भन्ने ठाँउमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध छ । उहाँले भन्नु भयो, पहिले मोटरसाइकल समेत जान आउन समस्या छ ।
लक डाउनका कारण सार्वजनिक बस चलेका कारण यात्रुलाई पहिरोले खासै अवरोध पुगेको छैन । दक्षिण ललितपुरमा उत्पादन भएको तरकारी दूध र खुवा चापागाउ बजार ल्याउनका लागि भने पहिरोले समस्या पारेको छ ।

प्रहरी
रम्बा टोल
ीदपेन्द्र न्यौपाने
प््रहरी जवान

आश्राङ्ग
९८५१२ ९७७७४

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १२ : ११ बजे