११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको इकुडोलमा पहिरो, घर पु¥यो


४ असार २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
४ असार ०७७,ललितपुर । मनसुन भित्रिएसँगै परेको झरिका कारण दक्षिण ललितपुरको इकुडोलस्थित सानो चिलामा पहिरोले घर पुरेको छ । केशव तिमल्सिनाको घरको पछाडि तर्फबाट आएको पहिरोका कारण घर पुरिएको वागमती गाँउपालिका ५ का वडाध्यक्ष साजन दर्लामीले बताए ।
घरमा पहिरो लागे पनि परिवारका सदस्य सबै सकुशल नै छन् । पहिरोपछि तिमल्सिनाको परिवारलाई सुरक्षित राखिएको दर्लामीले बताउनु भयो ।
वर्षा याममा दक्षिण ललितपुरको पहाडी भूभागमा पहिरोको प्रकोप शुरु हुने गरेको छ । पहिल्लो वर्षहरुमा विकाशका नाममा टोल टोलमा बनाइएको सडकका कारण पहिलो लाग्ने र बस्ती नै जोखिममा पर्ने अवस्था छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ९ : ३६ बजे