११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती नेकपाले गाँउपालिकासँग माग्यो हिसावकिताव


९ असार २०७७, मंगलबार  

0
Shares

९ असार ०७७,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती गाउँपालिका कमिटिले गाउँपालिकासँग गएको २ बषको हिसाव किताव मागेको छ ।
वागमती गाँउपालिका कमिटी अध्यक्ष भक्तबहादुर दर्लामी(निशान)ले
कर्मचारी नियुक्ति,सम्पन्न खर्च विवरण, तथा पारीश्रमिक निर्धारण, आर्थिक सहायता लगायतको विवरण माग गरेको हो ।

दर्लामीले अनिमितता भएको जनताको गुनासो आएकोले विवरण माग गरेको ललितपुर खबरलार्इं बताउनु भयो । उहाँले भन्नुभयो, ‘विवरण पाएपछि हामी सार्वजनिक गछौं ।’


कमिटी अध्यक्षदर्लामीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यलाई पत्र लेखेर विवरण माग गरेका हुन् । पत्रमा आर्थिक वर्ष २०७५।०७६ र २०७६र०७७ मा सम्पन्न भएका योजनाको खर्च विवरण हालसम्म सार्वजनिक नभएको हुँदा अनियमितताको आशंका बढेकाले सुचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार यथेष्ट जानकारी माग गरिएको उल्लेख गरिएको छ ।
सोमबारगाउँपालिका कार्यालयमा निवेदन दर्ता गरी जनतासंग अध्यक्ष कार्यक्रम (आ.व.२०७५।०७६ र ०७६।०७७), उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम, सशर्त अनुदान अन्तर्गतका कार्यक्रम, मानवीय सहायता कोषबाट वितरण गरिएको आर्थिक सहायता र हालसम्म नियुक्त गरेका कर्मचारी र सेवा सर्तसम्बन्धि विवरण सार्वजनिक गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : १४ बजे