५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना अपडेट ः पाँच सय ९३ नयाँ सङ्क्रमित थप


१३ असार २०७७, शनिबार  

0
Shares


१३ असार ०७७, काठमाडौं । बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५९३ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८६ पुरुष र १०७ महिला गरी कूल ५९३ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
काठमाडौँमा थप तीन जना पुरुषमा सङ्क्रमण पुष्टी भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार ७५५ पुगेको छ । तीमध्ये एक हजार २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् । मोरङ, झापा, सुनसरी, धनुषा, महोत्तरी, सिरहा, अछाम, बैतडी, बझाङ, बाजुरा, बारा, दार्चुला, गोरखा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रौतहट, सल्यान, नवलपरासीपूर्व, काठमाडौँ, सिन्धुली, कास्की, लमजुङ, बागलुङ, तनहुँ, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पाल्पा, रुपन्देही, दाङ, प्युठानलगायत जिल्लामा गरी ५९३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । अहिलेसम्म रसुवा बाहेक सबै जिल्लामा यो भाइरस फैलिसकेको छ ।
यस्तै बितेका २४ घण्टामा आठ महिला र ४० पुरुष गरी ४८ जना डिस्चार्ज भएका उहाँले बताउनुभयो । योसँगै कोरोना निको हुनेको सङ्ख्या दुई हजार ६९८ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ४० बजे