११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ बनाउन छैन हतार


१४ असार २०७७, आइतबार  

0
Shares

पुल्चोकमा रथ निर्माण गरिदै । तस्विर ः रासस

१४ असार ०७७,ललितपुर । ललितपुरको पुल्चोकमा आजकल धमाधम रातो मच्छिन्द्रनाथको रथ बनाउन थालिएको छ । हरेक वर्ष समयको दवावकाबीच रथारोहणको साइतमा बनाइसक्नु पर्ने रथ यस बर्ष भने साइत अनिश्चित हुँदा स्थानीय वाराही समुदायले फुर्सदले बनाइरहेका छन् ।
रथ निर्माणको जिम्मा लिएका वाराही समुदायका प्रमुख दिलकुमार वाराही यस बर्ष रथ निर्माणमा समयको दवाव नहुँदा रथ बनाउने काम फुर्सदले भइरहेको बताए । उनले भने, ‘हरेक बर्ष निश्चित समयसम्म रथ बनाएर तयार गर्नै पथ्र्यो । तर यो लक डाउनले साइत टरेको र नयाँ साइत ननिस्किएकाले फुर्सदले काम भइरहेको छ ।’ गत चैत्र १२ गतेबाट रथ निर्माण गर्ने योजना भए पनि नोवेल कोरोना माहाकारीका कारण रथ निर्माण स्थगित भएको थियो ।
रथारोहण हुन नसकेपछि क्षमापूजा सहित मच्छिन्द्र वहालको पाटी मूर्ति स्थानान्तरण गरिएको थियो ।
गुठी सस्थान ललितपुरका प्रमुख राजन भुजुले रथ निमार्णमा समय सिमा नहुँदा रथ राम्रो बन्ने बताउछन् । उनी भन्छन्, ‘कुनै बर्ष रथ ढल्ने र विग्रने समस्या हुने गरेको छ । फुर्सदमा बनाउदा राम्रो बन्छ ।’
गएको ०७२ सालमा भुकम्पका कारण रथ विग्रेको थियो । प्राय हरेक बर्ष जसो रथ विग्रने ढल्ने र लच्कने गर्दछ ।
काठको चुक्कुल,बेतको डोरीले कसेर ३२ हात अग्लो रथ निर्माण गरिन्छ । रथ डोरीको सहराले दर्जनौ स्थानीयबासीले तानेर पाटन घुमाउने गरिन्छ ।
तर हरेक १२ वर्षमा ललितपुरको बुङ्गमतीबाट रथ बनाएर पाटन घुमाउने गरिन्छ । जावलाखेलमा भोटो देखाएपछि रथ पुन फर्काएर बुङ्गमती लैजाने परम्परा छ ।
२०७२ सालमा मच्छिन्द्रनाथको १२ बर्षे मेला परेकाले अव २०८४ सालमा यस्तै मेला भरिन्छ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : ४३ बजे