१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा भुकम्प लगत्तै बनेका मापदण्ड विपरितका घरहरुले समेत पाए भुक्तानी


१८ असार २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

लपु संवाददाता
१८ असार ०७७, ललितपुर । भुकम्प गए लगत्तै  भुकम्पपिडितहरुले बनाएका  मापदण्ड वितरित घरले समेत ३ लाख रुपैयाँ सरकारी अनुदान पाएका छन् । भुकम्पपछि मापदण्ड निर्धारण अघि बनाइएका मापदण्ड विपरितका घरको अनुदान लिन स्थानीय निकायको सिफारिस भने जरुरी हुने पुर्ननिर्माण प्राधिकरण ललितपुरका प्रमुख शिवराम गेलालले बताए ।
यसरी भुक्तनी पाउनका लागि लम्बाई चौडाईलगायतको घरको आकार प्रकार सहित प्राविधिकको समेत सिफारिस भने चाहिने प्रधिकरण ललितपुरका विज्ञ यामनाथ गिरीको भनाई छ । स्थानीय निकायसँगै प्राविधकको सिफारिसमा बनाइएका मापदण्ड विपरितका ललितपुरका वटा घरहरुलाई अहिलेसम्म ३ लाख रुपैया दिइएको बताए ।
केही समयअघि यो निर्णय भएको भए पनि भर्खरै कार्यान्वयनमा आउको गिरीले ललितपुर खबरलाई बताउनु भयो । उहाँले भन्नुभयो, लकडाउनअघि केही घरले यस्तो अनुदान लिएर गएका थिए ।

लकडाउनको अवधिसम्म ४ सय ५० घरले यो अनुदान लिइसकेका छन् । ललितपुरमा भुकम्पलगत्तै मापदण्डविपरितका २ हजार घर रहेको गिरीको अनुमान छ । उनका अनुसार यस्ता खाले घर ललितपुर महानगरमा धेरै छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।