११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरका जनप्रतिनिधि र पत्रकारलाई आयुर्वेकको तालिम


१९ असार २०७७, शुक्रबार  

0
Shares

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलाल बोल्दै । तस्विर ः ललितपुर खबर

१९ असार ०७७, बज्रवाराही । गोदावरी नगरका जनप्रतिनिधि र पत्रकारलाई आयुर्वेक स्वास्थ्य सेवासम्बन्धि तालिम दिईएको छ । लक डाउनको विषम परिस्थितीमा कोरोना संक्रमणबाट बच्नका लागि २ मिटर भन्दा टाढा बसेर तालिम गरिएको थियो । सहभागीहरुका लागि मास्क अनिवार्य थियो भने ढोकैमा सेनटाइजर दिएस स्वास्थ्य सर्जकता अपनाईएको थियो ।
कोभिड १९ को माहामारीको समयमा आयुर्वेद स्वास्थ्यबाट रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायको विषयमा छलफलमा गरेको छ ।
उद्घाटन सत्रमा स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले आयुर्वेक औषधि अहिलेका पुस्ताले विर्सिसकेको चर्चा गर्दै कोरोना संक्रमण हुन नदिन आयुर्वेक औषधि प्रयोग बढाउन सुझाव दिए ।
कार्यक्रममा डा. मदन कँडेल र डा सन्तोष ठाकुरले आयुर्वेक औषधि र उपचार पद्दतीको बारेमा विस्तृत चर्चा गर्दै आफ्नो प्रस्तुती पस्केका थिए ।
गोदावरी नगरका मेयर गजेन्द्र महर्जनले बज्रवाराही र विशंखुनारायणमा रहेको आयुर्वेक औषधालयबाट नगरवासीले लाभ लिनेमा विस्वास रहेको बताएका थिए ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ११ : ४२ बजे