८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ असार २४,बुधबार)


२४ असार २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असार २४ गते बुधबार तदनुसार जुलाई महिनाको ०८ तारिक २०२० शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, उत्तरायण, ग्रीष्म, मंगलवार, श्रावण कृष्णपक्ष तथि तृतीया, ०९ः२१ बजे उप्रान्त चतुर्थी नक्षत्र धनिष्ठा , २६ः०४ बजे उप्रान्त शतभिषा, योग प्रीति , २१ः३२ बजे उप्रान्त आयुष्मान् करण, भद्रा, ०९ः२१ बजेदेखि वव, २१ः४० बजे उप्रान्त तैतिल चन्द्रराशि, मकर आनन्दादि, योग मित्र, दिनमान ३४।२३, सूर्योदय ०५ः१६, सूर्यास्त १९ः०१ । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
वृष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन, होसियार रहनु होला । चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
मिथुन– रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
कर्कट– तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।
सिंह– जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।
कन्या– मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
तुला– उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
वृश्चिक– स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।
धनु– विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ ।
मकर– आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
कुम्भ– नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
मीन– गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ४२ बजे