११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लूभूकी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणपछि महालक्ष्मीका मेयर दुःखी


२९ असार २०७७, सोमबार  

0
Shares

२९ असार ०७७, इमाडोल । ललितपुर महालक्ष्मी नगरस्थित लूभूकी स्वास्थ्यकर्मीको परिवारलाई कोरोना संक्रमण भएको समाचार बाहिरिएसँगै नगरका मेयर रामेश्वर श्रेष्ठले विज्ञप्ती निकालेर दुःख व्यक्त गरेका छन् । उनी बयोधा अस्पतालकी ल्याव टेक्निसियन स्वास्थ्यकर्मी हुन् ।
मेयर श्रेष्ठले समाचार प्रकाशित भएपछि सोमबार विहान फोन गरेर आत्मवल दह्रो बनाउन आग्रह गरेका हुन् । उनलाई अपमान,तिरस्कार,मनोवैज्ञानिक त्रास र दवाव श्रृजना हुने कुनै पनि व्यावहार नगरि दिन आग्रह गरेका छन् । मायाँ हौसला, उत्साह,प्रेरणाल संक्रमितकोे स्वास्थ्य अवस्था सुध्रन मद्दत गर्ने बताउदै स्वास्थ्य सर्तकता अपनाउन सुझाव समेत दिएका छन्
७४ को क्लोज कन्ट्याक्ट १३९को पिसिआर
महालक्ष्मी नगरमा कोरोना संक्रमण पुष्टि भएपछि ७४ जनाको कन्ट्याक्ट र १३९को पिसिआर परिक्षण गरिएको छ ।
बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनको परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको थियोे ।
उनले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताएका थिए । सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उहाँहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  २ : ५६ बजे