११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


३ सय १८ वर्ष पुरानो आगँछेँ पुनः निर्माण


३१ असार २०७७, बुधबार  

0
Shares

भक्तपुर नगरपालिका वडा नं. ६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा ‰याल) भएको आगंछेँको पुनःनिर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिल मंगलबार शिलान्यास गर्दै । तस्वीर ः रमेश गिरी/रासस

३१ असार ०७७, भक्तपुर । भक्तपुर नगरपालिका–६ तुछिमलामा अवस्थित ऐतिहासिक (तेलिकोटा झ्याल) भएको आगँछेँको पुनः निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज शिलान्यास गर्नुभएको छ । भक्तपुर नगरपालिकाको बजेटमा विश्वकर्मा आगँछेँ (तेलिकोटा झ्याल) पुनः निर्माण उपभोक्ता समितिले रु ९९ लाख ६८ हजार ५२६ को लागतमा निर्माण गर्न लागेको भवनको उहाँले शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा उहाँले ३१८ वर्ष पुरानो आगँछेँ पुनः निर्माण कार्यको ऐतिहासिक महत्वबारे प्रस्ट पार्नुहुँदै ऐतिहासिक महत्वका सम्पदा निर्माणमा विदेशीको मुख ताक्नुभन्दा नगरवासीकै पहल आवश्यक भएको बताउनुभयो । सो अवसरमा भक्तपुर–६ का वडाध्यक्ष हरिराम सुवाल, कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडासदस्यद्वय गोविन्द दुवाल र सिद्धिराम अवाल लगायतले पुर्खाले छोडेको सम्पदाको संरक्षणमा नयाँ पुस्ताको चासो पनि उत्तिकै रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ३२ बजे