११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरले निकाल्यो मृगौला तस्करको आरोपितको पक्षमा प्रेस विज्ञप्ती


३१ असार २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
३१ असार ०७७, ललितपुर । ललितपुर महानगरले मृगौला तस्करको आरोपमा पत्राउ परेका ललितपुर महानगर ३ का वडाध्यक्ष श्री गोपाल महर्जनको पक्षमा प्रेस विज्ञप्ती निकालेको छ ।
प्रहरीले अनुसन्धान गरिरहेको विषयमा महानगरका मेयर चिरीबाबु महर्जनको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा वडाध्यक्षको संलग्नता इन्कार गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘वडावासीको सेवामा इमानदारीपुर्वक समर्पित जनप्रतिनिधिहरुको प्रयक्ष संलग्नता नभई वडा वाहिरका अन्य व्यक्तिहरुले झेली गरेको गलत लिखत र कृयाकलाापमा वडाध्यक्षलाई समेत मुछी हिरासतमा लिएबाट निर्वाचित जनप्रतिनिधिहरु हतोत्साहित उनुका साथै उहाँहरुमा त्रासको वातावरण श्रृजना भएको यथासिघ्र सत्य तथ्य छानविन गरी जनप्रतिनिधिहरुलाई जनताको सेवामा समर्पित हुने कार्यबाट बञ्चित हुन नपरोस भन्ने अपिल गर्दछौं ।’
विज्ञप्तीमा जनप्रतिनिधिहरुलाई जनताको सेवामा समर्पित हुने कार्यबाट बञ्चित हुन नपरोस् भन्दै अप्रत्यक्ष रुपमा प्रहरी अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ ।
विज्ञप्तीमा वोर्ड बैठकबाट निर्णय भए अनुसार अनुसन्धानमा रहेको विषयलाई गलत प्रचार नगर्न विज्ञप्तीमा अनुरोध गरिएको छ ।
नेपाल प्रहरीको बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गतशनिबार मिर्गौला तस्करीको अभियोगमा १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ३ जना भरतपुर मेडिकल कलेजका डाक्टरहरू डा. राकेश कुमार वर्मा, सुप्रभात श्रेष्ठ र बालकृष्ण कालाखेती सहित ललितपुर महानगरपालिका– ३ का वडा अध्यक्ष श्री गोपाल महर्जन समेत थिए ।
हेर्नुस् विज्ञप्ती ः

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : १६ बजे