८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन ३,शनिबार)


४ श्रावण २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन ३ गते शनिबार तदनुसार जुलाई महिनाको १८ तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लागा, प्रमादी, दक्षिणायन, वर्षा, शनिवार, श्रावण कृष्णपक्ष, तिथि चतुर्दशी , २३ः१७ बजे उप्रान्त औंसी, नक्षत्र आर्द्रा , २१ः४२ बजे उप्रान्त पुनर्वशु,, योग व्याघात, २२ः३६ बजे उप्रान्त हर्षण, करण,, भद्रा, ११ः२२ बजेदेखि शकुनि, २३ः१७ बजे उप्रान्त किंस्तुघ्न,, चन्द्रराशि, मिथुन, आनन्दादि योग, ध्वांक्ष, दिनमान ३४।०३, सूर्योदय ०५ः२१, सूर्यास्त १८ः५८, घण्टाकर्ण चतुर्दशी । गठेमंगल (गथाँमुग चस्ह्रे पूजा)।। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी । भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृष– समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ । व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।
मिथुन– आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ ।
कर्कट– आजको कामबाट मनग्य धनलाभ हुन सक्छ । साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन् । आम्दानी बढढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।
सिंह– भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
कन्या– काममा केही चुनौती देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ ।
तुला– व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
वृश्चिक– शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ, भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।
धनु– रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । मुख्य काममा बाधा हुने दिन छ । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
मकर– समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ ।
कुम्भ– आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । जिम्मेवारी बढ्नेछ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने छ ।
मीन– साझेदारी काममा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ ।


 

 

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : १५ बजे