११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धपाखेलस्थित नागदहमा यो बर्ष मेला नलाग्ने


७ श्रावण २०७७, बुधबार  

0
Shares


७ साउन ०७७, धधापाखेल । हरेक वर्ष नागपञ्चमीमा ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेला ललितपुर महानगर २४ ले यो बर्ष स्थगित गरेको छ । कोराोना भाइरसको जोखिमलाई मुल्याङ्गकन गर्दै वडाले यस्तो अप्रिय निर्णय लिनु परेको वडा ध्यक्ष दिनेश कार्कीले बताए ।
तर नियमित रुपमा गरिदै आएको नित्य पूजा भने गरिने वडाध्यक्ष कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्येख गरिएको छ ।


नगदहमा मेला भर्न काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाँउबाट हिन्दु धर्मालम्बीहरुको भीड लाग्ने गरेको छ । अन्तरिक पर्यटकहरको आर्क शक पर्यटकीय क्षेत्रको रुपमा विकाश भएको नागदहमा बोटिङ्ग सुविधा छ । नागदह वरपर शान्त वातावरणमा रिर्सोटमा बस्न र मिठो मिठो खान समेत पाइन्छ । नागदहमै चिल्ड्रेन पार्क समेत निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ७ : ०८ बजे