११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


धापाखेलमा पहिरो नै पहिरो, ३ वटा टहरा बगायो


७ श्रावण २०७७, बुधबार  

0
Shares

 

धधापाखेलको पहिरोको जोखिमा परेको घर । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता

७ साउन ०७७, धापाखेल । ललितपुरको धापाखेलमा पहिरो गएपछि २ वटा टहरा पहिरोले बगाएको छ भने एक दर्जनभन्दा धेरै घर जोखिममा परेका छन् । ललितपुर २४ का वडाध्यक्ष दिनेश कार्कीका अनुसार ४ वटा घर पहिरोले बगाउन ठिक्क परेर बसेको छ भने दर्जनभन्दा धेरै घर जोखिममा परेका छन् ।
धपाखेलस्थित पशुपति टोलका शंकर देउला,रुकमणी बानिया,कमल श्रेष्ठ, सुधिर आचार्य,उमेश श्रेष्ठ,तुलसा बज्राचार्य,शेर बहादुर श्रेष्ठलगायतका घरहरु पहिरोको जोखिममा परेका हुन् ।
पहिरो गएपछि यहाँका ४ वटा घर खाली गरिएका स्थानीय शंकर देउलाले ललितपुर खबरलाई बताए । उनले भने, ‘ पशुपति टोलको २ वटा घर बगाउन तयार भएर बसेको छ । पानी पर्न रोकिएपछि पनि निरन्तर माटो झरेकाले त्रास बढेको छ ।’

पहिरो गएपछि एक आपसमा छलफल गर्दै त्रसित स्थानीयबासिन्दाहरु ।

२०७२ सालमा सानो पहिरो गएपछि यस ठाँउमा त्रास बढेको स्थानीयहरु बताउछन् । स्थानीय रुकमणी बानियाँ घर अगाडी पहिरो गएको देखेपछि टोलका सबै जना आत्तिएको बताइन् । उनले भनिन्, ‘घर अगाडिको छाप्रो पहिरोले लगेपछि मात्रै म सामान सार्छु ।’
ललितपुर २ की संघीय सासंद भुसालले पशुपति टोल जोगाउन १ करोडभन्दा कम बजेटले नपुग्ने बताउछिन् । उनी भन्छिन्,वडा र महानगरले योजना बनाए पछि बजेटको जोहो गरौला । अहिले जोखिम क्षेत्रका स्थानीयलाई बसोबासको व्यवस्था र राहतको कार्यक्रममा ध्यान दिन जरुरी छ ।
पहिरोले टोलै बगाउन तयार भएपछि संघीय सासंद भुसाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निरिक्षण गरेका छन् । महानगरकी उपमेयर, वडाध्यक्ष दिनेश कार्की पनि घटनास्थल पुगेका छन् । वडाध्यक्ष कार्कीले पहिरोपिडितहरुका लागि आवश्यक पहल गर्ने बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ३३ बजे