८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन ८,विहीबार)


८ श्रावण २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन ८ गते विहीबार तदनुसार जुलाई महिनाको २३ तारिक । शक संवत् १९४२ नेपाल संवत् ११४० गुँलाथ्व प्रमादी दक्षिणायन वर्षा बुधवार श्रावण शुक्लपक्ष तिथि तृतीया , १८स्३० बजे उप्रान्त चतुर्थी नक्षत्र मघा , १९स्५९ बजे उप्रान्त पूर्वफाल्गुनी योग व्यतीपात , १४स्५० बजे उप्रान्त वरियान् करण तैतिल ०७स्२६ बजेदेखि गर , १८स्३० बजे उप्रान्त वालवचन्द्रराशि सिंह आनन्दादि योग मुसल दिनमान ३३।५३ सूर्योदय ०५स्२३ सूर्यास्त १८स्५६ वराहजयन्ती। मधुश्रावणी पर्व समाप्त । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी । भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ।
वृष– मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ।
मिथुन– महत्वपूर्ण निर्णय लिने समय छ। अध्ययनमा प्रगति हुनेछ। वैरभाव राख्नेहरूले हार खानेछन्। व्यापार(व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ।
कर्कट– स्वास्थ्यगत समस्याले सताउन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने प्रशस्तै भेटिनेछन् । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह– सुखद समाचारले उत्साह जगाउनेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन्। बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ।
कन्या– प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन । व्यापार र उद्योगमा फाइदा हुनेछ । पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ ।
तुला– व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ।
वृश्चिक– बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । सोखले खर्च बढाउन सक्छ । विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन्। सहयोगीहरूको भर नपर्नुहोला।
धनु– शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। काम बिग्रने भयले सताउनेछ। मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ। घरायसी काम बन्नेछन्।
मकर– आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । केही चुनौती देखा पर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ।
कुम्भ– काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ।
मीन– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : ५५ बजे