४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


‘कोरोना महामारीले विश्व पर्यटनमा तीन खर्ब डलर घाटा’


१४ श्रावण २०७७, बुधबार  

0
Shares


तनहँुको मानहुँकोटबाट देखिएको हिमालको दृश्य कैद गर्दै आन्तरिक पर्यटक ।

१४ साउन ०७७, जेनेभा । कोरोनाभाइरस माहामारीले अहिलसम्म विश्वको पर्यटन क्षेत्रमा तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको छ ।
संयुक्त राष्ट्रसंघको अनुसार यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको छ ।
मंगलबार म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटको वेलाको घाटाभन्दा तीन गुणा बढी घाटा भएको छ ।”
महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको संगठनको ठहर छ ।
“यस पछिल्लो तथ्याङ्कले पर्यटन यथासम्भव सुरक्षित हुने बित्तिकै पुनः सुरु गर्नुको महत्व स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय पर्यटनमा भएको भारी गिरावटले लाखौंको जीविका जोखिममा रहेको छ,“ संगठनका महासचिव जुराब पोलोलिकाश्विलीले भनेका छन् ।
महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ । संयुक्त राष्ट्रसंघीय उक्त सङ्गठनले यस क्षेत्रमा ‘गम्भीर तथा नकारात्मक जोखिम’ को सामना गर्नुपरेको बताएका छन् । भाइरसको सङ्क्रमणको पुनः आगमनले नयाँ लकडाउन, यात्रा प्रतिबन्ध र ‘अधिकांश गन्तव्यहरु’ मा सीमा बन्द गर्न सक्ने र यसले थला परेको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि अपनाइने प्रतिबन्धात्मक नियमबारे सम्वेदनशिल बन्न पनि उहाँले जोड दिए ।

उनले अन्तर्राष्ट्रिय पर्यटनका प्रमुख स्रोत मानिने संयुक्त राज्य अमेरिका र चीनलगायतका केही गन्तब्यमा अझै पनि पर्यटन गतिविधिमा सुधार हुन नसक्नुलाई चिन्ताको विषय रहेका बताएका छन् ।
संयुक्त राष्ट्र संघले मेमा पूर्वानुमान गरे अनुसार कोरोनाभाइरसका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटन गतिविधिमा ६०देखि ८० प्रतिशतले गिरावट हुनसक्ने बताएको थियो ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्यटन आगमनमा चार प्रतिशतले बढेर एक खर्ब ५० अर्ब पुगेको राष्ट्रसङ्घको तथ्याङ्क छ । विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको देशमा क्रमशः फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका संगठनले जनाएको छ ।
यसअघि सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटका कारण अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा पनि गिरावट आएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : ४४ बजे