११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा भेटिए ४५ नयाँ कोरोना सङ्क्रमित


१५ श्रावण २०७७, बिहिबार  

0
Shares


१५ साउन ०७७,काठमाडौं । काठमाडौँ उपत्यकामा थप ४५ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ जना तथा भक्तपुर र ललितपुरमा दुई÷दुई जना गरी ४५ जनामा सङ्क्रमण देखिएको हो ।
नेपालभर भने थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३ सय ४ जनाको नमूना परीक्षण गर्दा २ सय ७४ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको जानकारी दिएका छन् । आजको सहित कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट तीन लाख ६४ हजार ६४८ जनाको परीक्षण भएको छ । विहीबार एकैदिन २ सय २७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार २ सय ४८ पुगेको छ । उनका अनुसार १३ हजार १ सय २ जना क्वारेन्टिनमा र पाँच हजार २ सय २७ जना आइसोलेशनमा रहेका छन् । अहिले मुलुकभर पाँच हजार २ सय २७ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५२ जनाको निधन भएको छ ।। पछिल्लो २४ घण्टामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : ३१ बजे