८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ साउन १७,शनिबार)


१७ श्रावण २०७७, शनिबार  

0
Shares

पञ्चाङ्ग
आज २०७७ साउन १७ गते शनिबार तदनुसार अगष्ट महिनाको १ तारिक । । शक संवत् १९४२ नेपाल संवत् ११४० गुँलाथ्व प्रमादी दक्षिणायन वर्षा शुक्रवार श्रावण शुक्लपक्ष तिथि त्रयोदशी , २१स्३७ बजे उप्रान्त चतुर्दशी नक्षत्र मूल , ०७स्४४ बजे उप्रान्त पूर्वाषाढा योग वैधृति , ११स्०८ बजे उप्रान्त विष्कम्भ करण कौलव १०स्१० बजेदेखि तैतिल , २१स्३७ बजे उप्रान्त भद्रा चन्द्रराशि धनु आनन्दादि योग गद दिनमान ३३।२८ सूर्योदय ०५स्२८ सूर्यास्त १८स्५१ शनि–प्रदोष व्रत। । ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी । भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– प्रतिस्पर्धी परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ पाइएला र काममा सोचेजस्तै सफलता मिल्न सक्छ । परिवारजनबाट टाढिनु पर्ने सम्भावना छ । आफ्नै कमजोरीले विवादमा पर्ने अवस्था छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा लाग्नेछ ।
वृष– प्रशस्त धन आर्जन गर्ने मौका पाइन सक्छ । पराक्रम र उत्साह बढ्ने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनसक्छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भको मौका छ । साझेदारीमा फाइदा हुने बेला छ ।
मिथुन– आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ, द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।
कर्कट– कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।
सिंह– अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ ।
कन्या– शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ ।
तुला– आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
वृश्चिक– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।
धनु– आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। धन जनको पनि बृद्घि हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला ।
मकर– सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाउबाट धनकोृ लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ ।
कुम्भ– बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
मीन– प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला, साथै भौतिक साधनको क्षतिले रुपैयापैसाको हानि हुने देखिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : १० बजे