१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलाम्चीमा पहिराले पुरिएको ८ को निधन


१९ श्रावण २०७७, सोमबार  

0
Shares

गए रातिको अबिरल बर्षाले पहिरो आउँदा मेलम्ची–११ मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिदा ८ जना बेपत्ता भएका हुन भने १ जनाको उद्घार कार्य भइरहेको छ । तस्वीर ः देवराज सुवेदी/रासस

१९ साउन ०७७, सिन्धुपाल्चोक । मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा वीरगञ्जका सात र एक भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको निधन भएको प्रहरीले जनाएको छ । अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।
बरुवामा घर पुर्दा दुईको मृत्यु

अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उहाँकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।
उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पु¥याएको अध्यक्ष लामाले बताए । “कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन”, उनले भने, “गाउँपालिकाभरि पहिराले क्षतविक्षत बनाएको छ ।”
भोटेकोशी गाउँपालिकाका बाढीपीडितलाई म्याट्रेस
नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बाढीपीडितका लागि रु तीन लाख ५० हजार बराबरको म्याट्रेस सहयोग गरेको छ । उक्त सहयोग आज गाउँपालिका प्रमुख राजकुमार पौडेललाई हस्तान्तरण गरिएको हो ।

विपत्तिको यस घडीमा सहयोग गर्न पाएकामा नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले खुशी व्यक्त गरेको छ । यो विपतमा सहयोगको हात फैलाउने सङ्घप्रति गाउँपालिका अध्यक्ष पौडेलले आभार प्रकट गरे । गत असार महिनाको बाढीपहिराले भोटेकोशी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो भने कैयौँ घरबारविहीन भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १ : ४७ बजे