१९ साउन ०७७,काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना संक्रमण भेटिएको तथ्य सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार गरिएको नियमित पत्रकार सम्मेलनका क्रममा परीक्षणपछि थप ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन । गौतमका अनुसार काठमाडौं ४३, भक्तपुर ५, ललितपुर ३ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर ४ सय १८ जना संक्रमितसोमबार थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २० हजार ७स य५० पुगेको छ। आइतबार मात्रै २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
१९ श्रावण २०७७, सोमबार
0
Shares
प्रतिक्रिया