१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरोना भाइरसको परीक्षण बढाउँदै महानगर


२० श्रावण २०७७, मंगलबार  

0
Shares


२० साउन ०७७, काठमाडौं ।  लकडाउन खुलेसँगै पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ ।
सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् । यही १४ गते वडा २८ मा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि सङ्क्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो ।
वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना सङ्क्रमण बढिरहेको छ । वडा २७ मा सङ्क्रमितको सम्पर्कमा रहेका ३ सय २ जनाको साउन १३ गते कोरोना परीक्षण गराइएको थियो । परीक्षणका क्रममा २० दिनअघि भारतको सीतामढीबाट आएका एक महिलामा सङ्क्रमण पोजेटिभ देखिएको थियो । उनीबाट पहिले उनका भाइमा सङ्क्रमण सरेपछि उनीहरुको सम्पर्कमा रहेकालाई खोज्दै १५ जनालाई परीक्षण गरिएको थियो ।

सङ्क्रमणको दर बढेपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रा पर्व पनि घरमा नै विधि पु¥याएर मनाउनसमेत आग्रह गरको छन् । ठूलो जमातमा सङ्क्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले आज एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ३९ बजे